राष्ट्र बैंकद्वारा २५ अर्ब रुपैयाँको ऋणपत्र बिक्रीका लागि बोलकबोल आह्वान

Breaking Nepal

मंगलबार ,असार २३ , २०८३ १२:१०

काठमाडौं– नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र २०८४ ‘ङ’ बिक्रीका लागि बोलकबोल आह्वान गरेको छ।

बैंकले आज जारी गरेको सार्वजनिक सूचनाअनुसार ऋणपत्रको बोलकबोल अनलाइन प्रणालीमार्फत सञ्चालन गरिनेछ। यस प्रक्रियामा राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउण्टरपार्टी) मात्र सहभागी हुन सक्नेछन्।

बोलकबोलमा सहभागी संस्थाले आफूले खरिद गर्न चाहेको रकम तथा प्रस्तावित ब्याजदर (दशमलवपछि चार अंकसम्म) उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकका अनुसार न्यूनतम ५ करोड रुपैयाँदेखि सुरु गरी ५ करोड रुपैयाँकै गुणकमा कुल २५ अर्ब रुपैयाँसम्म बोलकबोल गर्न सकिनेछ। उक्त ऋणपत्रमार्फत बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्य राखेको छ I