Breaking Nepal

धनकुटा / नेपाली कांग्रेस धनकुटाले धनकुटा नगरपालिका–१ हिले निवासी स्वर्गीय मनमाया गोङवा तामाङको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्दै शोकसन्तप्त परिवारलाई समवेदना पत्र प्रदान गरेको छ ।
स्वर्गीय मनमाया गोङवा तामाङ नेपाली कांग्रेस धनकुटा नगर कार्यसमितिका सदस्य तथा नेपाल तरुण दल वडा नं. १ का अध्यक्ष अर्जुन गोङवा तामाङ घलेकी आमा हुन् । उनको २०८३ असार १७ गते असामयिक निधन भएको थियो।
कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई, जिल्ला सचिव विजय सन्तोष राई, सहसचिव राम रायमाझी, कोषाध्यक्ष सरस्वती मगर, जिल्ला सदस्य रूपमान तामाङ, धनकुटा नगर कार्यसमितिका उपसभापति अमित लो तामाङ, सचिव राम घिसिङ, वडा नं. १ का सभापति वीरबहादुर तितुङ, सदस्य सन्तोष घिसिङसहित कांग्रेस तथा नेपाल तरुण दलका नेता–कार्यकर्ताको सहभागिता रहेको थियो ।
नेताहरूले स्वर्गीय मनमाया गोङवा तामाङप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेका थिए । सो अवसरमा परिवारलाई समवेदना पत्रसमेत हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा जिल्ला सचिव विजय सन्तोष राईले स्वर्गीय मनमाया गोङवा तामाङको जीवन, सामाजिक योगदान तथा पारिवारिक भूमिकाबारे प्रकाश पारेका थिए ।
श्रद्धाञ्जली कार्यक्रम नेपाली कांग्रेस वडा नं. १ का सभापति वीरबहादुर तितुङको संयोजकत्वमा सम्पन्न भएको थियो ।