त्रिवि दिवसका अवसरमा शिक्षण अस्पतालका दिवा सेवा आधा दिन बन्द हुने

Breaking Nepal

बुधबार ,साउन ६ , २०८३ १५:५३

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले त्रिभुवन विश्वविद्यालय दिवसका अवसरमा साउन ७ गते (बिहीबार) नियमित दिवा सेवाहरू आधा दिनका लागि स्थगित गर्ने जनाएको छ।

अस्पताल प्रशासनले जारी गरेको सूचनाअनुसार त्रिवि दिवसका कारण इमर्जेन्सी सेवाबाहेक अस्पतालबाट प्रवाह हुने सम्पूर्ण नियमित दिवा सेवाहरू उक्त दिन बिहानसम्म मात्रै सञ्चालन हुनेछन्। त्यसपछि नियमित ओपीडी तथा अन्य दिवा सेवा बन्द रहनेछन्।

अस्पतालले अत्यावश्यक स्वास्थ्य सेवा आवश्यक परेका सेवाग्राहीलाई समय मिलाएर अस्पताल आउन आग्रह गरेको छ। यद्यपि आकस्मिक (इमर्जेन्सी) सेवा भने पूर्ववत् सञ्चालनमा रहने जनाइएको छ।

अस्पताल प्रशासन प्रमुख भोजराज भट्टका अनुसार इएचएस (EHS) सेवा भने साउन ७ गते दिउँसो १ बजेदेखि नियमित रूपमा सञ्चालन हुनेछ। अस्पतालले सेवा अवरोधका कारण पर्न सक्ने असुविधाप्रति सेवाग्राहीलाई आवश्यक तयारी गर्न पनि अनुरोध गरेको छ।