आज बसेको मन्त्रिपरिषद् बैठकका ७ मुख्य निर्णय यस्ता छन्….

Breaking Nepal

बुधबार ,साउन ६ , २०८३ १७:२९
१. विशेष अदालतमा नयाँ अध्यक्ष
उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्यलाई विशेष अदालतको अध्यक्ष पदमा तोक्ने निर्णय।
२. श्रम अदालतमा अध्यक्ष नियुक्ति
उच्च अदालत सुर्खेतका न्यायाधीश दीपेन्द्र अधिकारीलाई श्रम अदालतको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय।
३. गुठी संस्थानमा नयाँ प्रशासक
शैलेशराज कुँवरलाई गुठी संस्थानको प्रशासक पदमा नियुक्त गर्ने निर्णय।
४. पोखरा र गौतमबुद्ध विमानस्थललाई प्रोत्साहन
२०८५ साल भदौ मसान्तसम्म पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने नियमित अन्तर्राष्ट्रिय उडानका लागि पार्किङ, ल्याण्डिङ र न्याभिगेसन शुल्कमा शतप्रतिशत छुट तथा ग्राउण्ड ह्याण्डलिङ शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने निर्णय।
५. मिटरब्याज पीडितका माग सम्बोधन
मिटरब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्न गठित समिति र मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलनका प्रतिनिधिबीच २०८३ साउन १ गते भएको सम्झौता अनुमोदन गर्ने तथा सो सम्झौताअनुसार मिटरब्याजसँग सम्बन्धित फर्जी लिखतहरू आजैदेखि अवैध घोषणा गर्ने निर्णय।
६. गणेश नेपाली ‘आत्म दा’ घटनाको न्यायिक छानबिन
गणेश नेपाली ‘आत्म दा’ घटनाको सत्यतथ्य छानबिन गर्न उच्च अदालतका पूर्व न्यायाधीश केशवप्रसाद बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन गर्ने निर्णय।
७. शिक्षा र स्वास्थ्य समता शुल्क मिनाहा
आर्थिक ऐन, २०८३ को दफा १८ को उपदफा (१) बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्णय।