श्रीमानसँग फरार भएकी विवाहिता खोजीको माग, श्रीमती फिर्ता गराइदिन परिवारको आग्रह

Breaking Nepal

आइतबार ,साउन १० , २०८३ १३:११

सिराहा । सिराहाको बिष्णुपुर गाउँपालिकाकी एक विवाहिता श्रीमानसँग सम्पर्कविहीन भएपछि उनका परिवारले खोजी तथा फिर्ता गराइदिन प्रहरीसमक्ष आग्रह गरेका छन्।

परिवारका अनुसार सिराहा बिष्णुपुर गाउँपालिका–८ बस्ने करिब २३ वर्षीया रुबी कुमारी सिंह केही दिनअघि घरबाट सम्पर्कविहीन भएकी हुन्। परिवारले उनी भारततर्फ गएको आशंका गर्दै जिल्ला प्रहरी कार्यालय सिराहामा निवेदन दर्ता गराएको छ।

निवेदनमा रुबी कुमारी सिंहलाई सोही गाउँपालिका–८ निवासी करिब २८ वर्षीय अर्जुन राय यादवले प्रलोभनमा पारी भगाएको आरोप लगाइएको छ। घटनापछि परिवारले जिल्ला प्रहरी कार्यालय सिराहामा खोजतलासका लागि निवेदन दिएको र प्रहरीले समेत हराएकी व्यक्तिको खोजी प्रक्रिया अघि बढाएको जनाइएको छ।

परिवारले रुबी कुमारी सिंहको अवस्था अज्ञात रहेको भन्दै उनलाई सकुशल फेला पारेर परिवारको सम्पर्कमा ल्याइदिन सम्बन्धित निकायसँग आग्रह गरेको छ।

यता जिल्ला प्रहरी कार्यालय सिराहाले हराएको व्यक्तिको खोजी सम्बन्धी प्रक्रिया अघि बढाइएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।