Breaking Nepal

काठमाडौं / फिफा विश्वकप अन्तर्गतको प्रतिस्पर्धात्मक खेलमा दक्षिण कोरियाले चेकियालाई २–१ ले पराजित गर्दै महत्वपूर्ण तीन अंक हासिल गरेको छ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा भने दुवै टोलीले आक्रामक खेल प्रदर्शन गरे। ५६औँ मिनेटमा चेकियाका कप्तान लेडिस्क्लाभ क्रेज्कीले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
तर दक्षिण कोरियाले खेलमा उत्कृष्ट पुनरागमन गर्यो। ६७औँ मिनेटमा ह्वाङ इबोनले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। त्यसपछि ८०औँ मिनेटमा ओ हेन्युले निर्णायक गोल गर्दै दक्षिण कोरियालाई २–१ को जित दिलाए।
२० वर्षपछि विश्वकपमा पुनरागमन गरेको चेकियाले सुरुआती अग्रता जोगाउन नसक्दा हार बेहोर्नुपरेको हो। यता, दक्षिण कोरियाले उत्कृष्ट कमब्याक जितसँगै प्रतियोगितामा आफ्नो सम्भावना बलियो बनाउँदै तीन अंक आफ्नो खातामा थपेको छ।