सिरहामा ब्राउनसुगरसहित २१ वर्षीय युवक पक्राउ, ८.८० ग्राम लागूऔषध बरामद

Breaking Nepal

शुक्रबार ,जेष्ठ २९ , २०८३ २२:०१

सिरहा प्रहरीले अवैध लागूऔषध ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोलबजार नगरपालिका–२ लालपुर निवासी २१ वर्षीय श्यामसुन्दर साह रहेका छन्।

इलाका प्रहरी कार्यालय महेशपुर पतारबाट खटिएको प्रहरी टोलीले सुखीपुर नगरपालिका–२ छजना क्षेत्रमा शङ्कास्पद अवस्थामा रहेका साहलाई जाँच गर्दा उनको साथबाट ८ ग्राम ८० मिलीग्राम ब्राउनसुगर बरामद गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार पक्राउ परेका साहमाथि थप अनुसन्धान भइरहेको छ भने आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।

जिल्लामा पछिल्ला दिनहरूमा लागूऔषध ओसारपसार र कारोबारका गतिविधि बढ्दै गएको भन्दै प्रहरीले निगरानी तथा चेकजाँचलाई थप प्रभावकारी बनाएको जनाएको छ।