के रहेछ, जिन्दगी !

Breaking Nepal

pen
विन्दुु अधिकारी ढकाल
शनिबार ,जेष्ठ ३० , २०८३ १२:२२

घर्याक्क दैलो घरको
मझेरीभित्र बाहिर
छमछम पाउजुु मेरा
थिएँ मभित्र– म
श्रीमती बुुहारी र आमा
नाता पवित्र यो
सासुु भन्नुुहुुन्थ्यो–
बुुहारी चिया पिउन !
सुुरसार ग¥यौ खाना पकाउन
भोक लाग्यो
ससुुरा सोध्नुु हुुन्थ्यो
छनछन चुुरा मेरा
एकछिन नहतारिनुु आमाबुुवा
जोरीसकेँ आगो
पाक्न लागो आँटो
भरोसा हजुुरहरु सबको
पूूरा गर्छुु कर्तव्य मेरो
वषौं वर्ष मैले
घरभित्र बाहिर धानेँ
बिनाहडबढ डोहो¥याउथेँ– गाडी
त्यो दिन दुुईपाङ्ग्रे मेरो सवारी
अनियन्त्रित भयो कसरी
पुुनः गन्तव्य नफर्कने गरी
उही सडक कति हिँडेँ
उही बाटो दोबाटो कति
पटक–पटक फन्को मारेँ, छिचोलेँ
आखिर के रहेछ, जिन्दगी !
भन्छन्, घरछोड्दा समयमोड्दा
रफ्तार थिइन्
सवारी चालक निदाइन्
कालोपत्रे पिचमाथि पछारिएँ म
प्रयास नगरेकी हैन उठ्न
वियोगान्त हावाहुुरी र तुुफान छेक्न
अफसोस बुुढोघाम अस्तझैँ म
याद छोडेर गएँ
वर्तुुनसकियो दियो
संसार भत्कियो हाम्रो
उर्लियो जनसागर
खबर सुुनेर मेरो
पत्नी वियोग पीडा
जीवनसाथी हजुुर
कसरी सम्हालिनुु होला
आमाविहीन छोराहरु हाम्रा
बढ्छन् कसरी पढ्छन्
शताब्दी उमेर सासुुससुुरा मेरा
अविरल अश्रुुधारा
अलापविलाप कति
पर्खीरहनुु भएको होला
दैव लाग्यो भगवान्– काल पल्कियो
मभित्र म– मात्र झल्को अब
सम्झेर ल्याउदा यो
आखिर के रहेछ, जिन्दगी
ताला चाँबी घरको
थाहा छैन मलाई अब !

ठेगानाः धनकुुटा हाल, काठमाडौं