Breaking Nepal

गाईघाट / उदयपुरको चौदण्डीगढी नगरपालिका–९ स्थित देवधार खोलाको दहमा पौडी खेल्ने क्रममा डुबेर एक किशोरीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बुधबार साँझ पौडी खेल्न गएकी स्थानीय १४ वर्षीया आयुसा सदा दहमा डुबेर बेपत्ता भएकी थिइन् । खोजीका क्रममा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
घटनापछि बालिकाको शव परीक्षणका लागि बुधबार राति नै उदयपुर जिल्ला अस्पताल ल्याइएको छ । हाल शव अस्पतालको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक विष्णुबहादुर खड्काले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्थानीय तहमा गर्मीयामसँगै नदी, खोला तथा दहमा पौडी खेल्ने क्रममा हुने दुर्घटना बढ्न थालेकाले अभिभावक तथा सरोकारवालाले बालबालिकाको सुरक्षामा विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ ।