भीरमा खस्यो स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख राना सवार गाडी

Breaking Nepal

शनिबार ,असार १३ , २०८३ १९:२४

प्युठान / प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज राना सवार सरकारी गाडी शनिबार दुर्घटनामा परेको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार, स्वर्गद्वारी नगरपालिका–२ को खाला क्षेत्रमा स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको लु.प्र.०१–००१ झ ०००८ नम्बरको सरकारी गाडी अनियन्त्रित भई करिब ५०० मिटर तल भीरमा खसेको हो।

प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाईंले दुर्घटनाको पुष्टि गर्दै घटनास्थलमा नेपाल प्रहरीको टोली पुगिसकेको जानकारी दिए। उनका अनुसार दुर्घटनाको कारण, उपप्रमुख रानासहित गाडीमा सवार अन्य व्यक्तिको अवस्था तथा क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको छ।

दुर्घटनापछि उद्धार तथा घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।