स्वर्गद्वारीका उपप्रमुख रानामगरको सवारी दुर्घटनामा निधन

Breaking Nepal

शनिबार ,असार १३ , २०८३ १९:३७

बुटवल / प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज रानामगरको सवारी दुर्घटनामा निधन भएको छ ।

शनिबार बिहान स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेका रानामगरले आफैं चलाएको लु प्र १००१ झ ०००८ नम्बरको गाडी स्वर्गद्वारी नगरपालिका–२ स्थित बांगेसल्ला क्षेत्रमा दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार गाडी सडकबाट करिब ५०० मिटर तल खसेको थियो। दुर्घटनामा गम्भीर घाइते भएका ५० वर्षीय रानामगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनाको कारण तत्काल खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक सुजनबाबु विश्वकर्माले जानकारी दिए ।