Breaking Nepal

भोजपुर । भोजपुरको तेञ्जिङ–हिलारी राजमार्गअन्तर्गत पर्ने थुम्लुङ खोलामा पक्की पुल निर्माण तीव्र गतिमा अघि बढेको छ। साल्पासिलिछो गाउँपालिका–६ मा निर्माण भइरहेको पुलको ५५ प्रतिशत काम सम्पन्न भइसकेको पूर्वाधार विकास कार्यालयले जनाएको छ।
कोशी प्रदेश सरकारको करिब ४ करोड ९४ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको ३५ मिटर लामो पुल २०८४ असोजसम्म सम्पन्न गर्ने लक्ष्य छ। पुल बनेपछि साल्पासिलिछो गाउँपालिका र षडानन्द नगरपालिकाका हजारौँ स्थानीयलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।
वर्षौंदेखि वर्षायाममा जोखिम मोलेर खोला तर्न बाध्य स्थानीयले अब सुरक्षित आवतजावत, सहज ढुवानी र कृषि उपजको बजारीकरणमा ठूलो राहत मिल्ने विश्वास व्यक्त गरेका छन्।