Breaking Nepal

काठमाडौं । प्रतिनिधिसभा बैठकमा नेकपाका प्रमुख सचेतक युवराज दुलालले रास्वपाको महाधिवेशनबाट पारित केही दस्तावेजप्रति कडा असन्तुष्टि जनाएका छन्।
उनले ती दस्तावेजले लोकतन्त्र र संघीय गणतन्त्रको आधार कमजोर बनाउने संकेत देखिएको टिप्पणी गर्दै निर्वाचनअघि प्रदेश र स्थानीय तहलाई अधिकारसम्पन्न बनाउने प्रतिबद्धता जनाएर अहिले ती संरचना खारेज गर्ने कुरा गर्नु जनतामाथिको धोका भएको आरोप लगाए।
दुलालले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने कुनै पनि गतिविधिको डटेर सामना गर्ने स्पष्ट पार्दै सत्तारुढ र प्रतिपक्ष दुवैले लोकतान्त्रिक मूल्य र व्यवस्थाको रक्षा गर्न जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गरे।