रुपन्देहीमा २० लाखभन्दा बढी मूल्यका ३५ थान आइफोन बरामद

Breaking Nepal

मंगलबार ,असार १६ , २०८३ १०:५९

लुम्बिनी – रुपन्देही प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याइँदै गरेका करिब २० लाख ५० हजार रुपैयाँ बराबरका ३५ थान आइफोन बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय मझगावाँबाट खटिएको टोलीले कोटहीमाई गाउँपालिका–५ बेनिनगर क्षेत्रमा भारतीय नम्बर युपी ५६ डिएक्स ८८३८ को मोटरसाइकल जाँच गर्ने क्रममा एप्पल कम्पनीका विभिन्न मोडलका आइफोन फेला पारेको हो।

बरामद गरिएका आइफोन र मोटरसाइकल आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।