Breaking Nepal

काठमाडौं / नेपाली सुनचाँदी बजारमा मंगलबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ४ हजार ५०० रुपैयाँले घटेर २ लाख ७७ हजार ९०० रुपैयाँ कायम भएको हो।
यसअघि सोमबार छापावाल सुन प्रतितोला २ लाख ८२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्लो मूल्य घटेसँगै सुन खरिद गर्ने उपभोक्तालाई केही राहत पुगेको छ।
यस्तै, चाँदीको मूल्य पनि ओरालो लागेको छ। महासंघका अनुसार मंगलबार चाँदी प्रतितोला २५ रुपैयाँले घटेर ४ हजार २८५ रुपैयाँ निर्धारण गरिएको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ३१० रुपैयाँमा किनबेच भएको थियो।
अन्तर्राष्ट्रिय बजारको मूल्य प्रवृत्ति तथा विनिमय दरको प्रभावका आधारमा नेपालमा सुनचाँदीको दैनिक मूल्य निर्धारण हुने गरेको महासंघले जनाएको छ।