ललितपुरबाट कबाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

Breaking Nepal

मंगलबार ,असार १६ , २०८३ २१:५८

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले आवश्यक कागजपत्रबिना कबाडी सामान बोकेर उपत्यकाबाहिर जान लागेका १० वटा ट्रक ललितपुरको सानेपाबाट नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक तथा प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार मंगलबार साँझ गोप्य सूचनाका आधारमा रिङरोड क्षेत्रमा निगरानीका क्रममा ती ट्रक नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार नियन्त्रणमा परेका ट्रकहरूले आवश्यक कागजातबिनै ठूलो परिमाणमा कबाडी सामग्री बोकेर उपत्यकाबाहिर लैजान लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

नियन्त्रणमा परेका ट्रकहरूको नम्बर प्र २-०३-००१ ख ४७३८, लु २ ख ५१०५, प्र २-०३-००१ ख ५६१९, ना ५ ख ६६७१, ना ८ ख ६२५३, ना ७ ख ९९८, ना ६ ख ९४९७, ग २ ख ५३९ र ना ६ ख ५६१ लगायत रहेका छन्।

सशस्त्र प्रहरीले ती ट्रकलाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पठाउने प्रक्रिया अघि बढाइएको जनाएको छ।