कार्यकाल पूरा गर्दै फर्किन लागेका पाकिस्तानी राजदूतसँग राष्ट्रपतिको बिदाइ भेट

Breaking Nepal

बुधबार ,असार १७ , २०८३ १७:२५

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हास्मीले बिदाइ भेट गरेका छन्।

राष्ट्रपति भवन शीतलनिवासस्थित राष्ट्रपतिको कार्यालयमा भएको भेटमा राष्ट्रपति पौडेलले सफलतापूर्वक कार्यकाल सम्पन्न गरेकोमा राजदूत हास्मीलाई बधाई दिएका थिए।

राष्ट्रपतिको कार्यालयका अनुसार भेटका क्रममा राष्ट्रपति पौडेलले नेपाल–पाकिस्तानबीचको द्विपक्षीय सम्बन्ध आगामी दिनमा थप सुदृढ र प्रभावकारी बन्ने विश्वास व्यक्त गरेका थिए।

राजदूत हास्मी आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्किन लागेका छन्।