निजामती कर्मचारीलाई कार्यस्थलमै स्वास्थ्य सेवा, मन्त्रालयमै सेवा इकाई सञ्चालन

Breaking Nepal

शुक्रबार ,असार १९ , २०८३ १५:४२

काठमाडौं। निजामती कर्मचारीलाई लक्षित गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय परिसरमै स्वास्थ्य सेवा इकाई सञ्चालनमा आएको छ। मन्त्रालय भवनको तल्लो तलाबाट आजदेखि सेवा इकाई सञ्चालनमा ल्याइएको हो।

निजामती कर्मचारी अस्पतालमार्फत सेवा प्रवाह हुने उक्त इकाईमार्फत कर्मचारीलाई सहज, छिटो र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य राखिएको छ। मन्त्रालयका अनुसार अस्पतालसम्म धाउनुपर्ने बाध्यता घटाउँदै कार्यस्थलमै प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था गरिएको हो।

निजामती कर्मचारी अस्पतालमा बढ्दो सेवाग्राहीको चाप व्यवस्थापन गर्न पनि मन्त्रालयमै सेवा इकाई स्थापना गरिएको जनाइएको छ।

नयाँ इकाईमार्फत स्वास्थ्य परीक्षण, रगत परीक्षणलगायतका आधारभूत स्वास्थ्य सेवाहरू उपलब्ध गराइनेछ। सेवा निजामती कर्मचारी तथा अन्य सेवाग्राहीलाई लक्षित गरी विस्तार गरिएको मन्त्रालयले जनाएको छ।