Breaking Nepal

विराटनगर। मोरङको मिक्लाजुङ गाउँपालिका–२ मा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय ४० वर्षीय राजकुमार राई रहेका छन्। प्रहरीका अनुसार शनिबार साँझ बाख्रा चराएर घर फर्किने क्रममा चुलीपोखरी क्षेत्रस्थित भीरबाट लड्दा उनी गम्भीर घाइते भएका थिए। घटनास्थलमै उनको मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ।
घटनाबारे आइतबार बिहान जानकारी प्राप्त भएपछि अस्थायी प्रहरी चौकी टाडीबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थलको मुचुल्का उठाउने, शवको कानुनी प्रक्रिया पूरा गर्ने तथा आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।