विराटनगरमा नेवाः युवाको नेतृत्व चयन, कृषभ श्रेष्ठको अध्यक्षतामा १६ सदस्यीय समिति गठन

Breaking Nepal

शनिबार ,साउन २ , २०८३ २०:१७

विराटनगर / नेवाः समुदायका युवालाई संगठित गर्दै सांस्कृतिक, सामाजिक तथा रचनात्मक गतिविधिमा सक्रिय बनाउने उद्देश्यसहित नेवाःल्याम्ह् दबू विराटनगर महानगर समितिको १६ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ ।

नेपाल संवत् ११४६ दिल्लाथ्व पञ्चमी तथा विक्रम संवत् २०८३ श्रावण २ गते शनिबार आयोजित नेवाः युवाहरूको दोस्रो भेलाले नेवाःल्याम्ह् दबूको तदर्थ समितिलाई पूर्णता दिँदै कृषभ श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।

भेलाको अध्यक्षता नेवाःदेय् दबू विराटनगर महानगर कार्यसमितिका अध्यक्ष अम्बरबहादुर श्रेष्ठले गरेका थिए । कार्यक्रममा जिल्ला सदस्य विशाल श्रेष्ठ र सुरज श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा मेघा श्रेष्ठ, सचिवमा सुदर्शी श्रेष्ठ, सहसचिवमा निश्चल श्रेष्ठ तथा कोषाध्यक्षमा श्रेया श्रेष्ठ चयन भएका छन् ।

यस्तै सदस्यहरूमा विशाल श्रेष्ठ, रुविन श्रेष्ठ, अल्का श्रेष्ठ, प्रभा श्रेष्ठ, प्रश्ना श्रेष्ठ, सार्थक श्रेष्ठ, ज्ञानु श्रेष्ठ, प्रशिल श्रेष्ठ, रोजन श्रेष्ठ, बैभव श्रेष्ठ, रिचा श्रेष्ठ र पूर्णिमा श्रेष्ठ रहेका छन् ।

भेलाले आवश्यकता र संगठनको विस्तारसँगै कार्यसमितिमा थप सदस्य मनोनयन गर्न सकिने व्यवस्था पनि गरेको जनाएको छ ।

नवगठित समितिले नेवाः समुदायका युवाबीच एकता, नेतृत्व विकास, भाषा, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धनसँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने अपेक्षा गरिएको छ ।