
काठमाडौं / सशस्त्र प्रहरी बल नेपालले मुस्ताङस्थित कोरोला नाकामार्फत नेपाल भित्रिएका ७ सय ७५ वटा विद्युतीय सवारीसाधन नियन्त्रणमा लिएको छ। भन्सार महसुल छली गरिएको हुनसक्ने आशंकापछि विभिन्न स्थानमा समन्वित सुरक्षा परिचालन गरी ती सवारी नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।