राष्ट्र बैंकले सार्वजनिक गर्‍यो नयाँ विनिमयदर डलर १५१ रुपैयाँ नाघ्दा अन्य मुद्राको विनिमयदर कति ?

Breaking Nepal

मंगलबार ,असार ९ , २०८३ ०७:१०

विराटनगर / केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ १९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७९ पैसा कायम गरिएको छ। युरो एकको खरिददर १७३ रुपैयाँ १४ पैसा तथा बिक्रीदर १७३ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ। त्यस्तै, बेलायती पाउन्ड स्टर्लिङको खरिददर २०० रुपैयाँ १४ पैसा र बिक्रीदर २०० रुपैयाँ ९३ पैसा तोकिएको छ।

स्वीस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ०२ पैसा र बिक्रीदर १८७ रुपैयाँ ७७ पैसा कायम हुँदा अस्ट्रेलियन डलरको खरिददर १०५ रुपैयाँ ८५ पैसा र बिक्रीदर १०६ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ। क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ६५ पैसा तथा बिक्रीदर १०७ रुपैयाँ ०७ पैसा रहेको छ।

सिंगापुर डलर एकको खरिददर ११६ रुपैयाँ ९१ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३८ पैसा तोकिएको छ। जापानी येन १० को खरिददर नौ रुपैयाँ ३५ पैसा र बिक्रीदर नौ रुपैयाँ ३८ पैसा कायम गरिएको छ भने चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३२ पैसा र बिक्रीदर २२ रुपैयाँ ४१ पैसा रहेको छ।

मध्यपूर्वी मुलुकका मुद्रातर्फ साउदी रियाल एकको खरिददर ४० रुपैयाँ २७ पैसा र बिक्रीदर ४० रुपैयाँ ४३ पैसा निर्धारण गरिएको छ। कतारी रियालको खरिददर ४१ रुपैयाँ ४७ पैसा तथा बिक्रीदर ४१ रुपैयाँ ६३ पैसा कायम गरिएको छ। युएई दिराम एकको खरिददर ४१ रुपैयाँ १६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३३ पैसा तोकिएको छ।

त्यस्तै, थाई भाट एकको खरिददर चार रुपैयाँ ५९ पैसा र बिक्रीदर चार रुपैयाँ ६१ पैसा, मलेसियन रिङ्गेटको खरिददर ३६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५८ पैसा कायम गरिएको छ। दक्षिण कोरियाली वन १०० को खरिददर नौ रुपैयाँ ८३ पैसा र बिक्रीदर नौ रुपैयाँ ८७ पैसा निर्धारण गरिएको छ।

युरोपेली मुद्रातर्फ स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७४ पैसा र बिक्रीदर १५ रुपैयाँ ८१ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ १६ पैसा र बिक्रीदर २३ रुपैयाँ २६ पैसा तोकिएको छ।

हङकङ डलर एकको खरिददर १९ रुपैयाँ २८ पैसा र बिक्रीदर १९ रुपैयाँ ३६ पैसा कायम गरिएको छ। कुवेती दिनार एकको खरिददर ४९१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४९३ रुपैयाँ ३९ पैसा पुगेको छ। बहराइन दिनारको खरिददर ४०१ रुपैयाँ ०५ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ६४ पैसा तथा ओमानी रियालको खरिददर ३९२ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३९४ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले आवश्यकता र बजारस्थितिअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने उल्लेख गरेको छ।