दाङमा घरबाट भरुवा बन्दुक बरामद, एक जना पक्राउ

Breaking Nepal

आइतबार ,असार १४ , २०८३ १९:०९

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–४ हरियाली टोलबाट प्रहरीले एकनाले भरुवा बन्दुक बरामद गर्दै एक जनालाई पक्राउ गरेको छ।

शनिबार दिउँसो इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले ४२ वर्षीय डम्मरबहादुर विकको घरमा खानतलासी गर्ने क्रममा एक थान भरुवा बन्दुक फेला पारेको हो।

प्रहरीले बन्दुक बरामदसँगै विकलाई नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।