Breaking Nepal

विराटनगर / लायन्स क्लब अफ विराटनगर ग्लोबलले सन् २०२६/२७ कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ। क्लबको अध्यक्षमा अनिल रौनियार निर्वाचित भएका छन्।
नवगठित कार्यसमितिको सचिवमा मुकेश कुमार यादव तथा कोषाध्यक्षमा चन्दाकुमारी सरकार चयन भएका छन्।
व्यवसायीसमेत रहेका रौनियारले अध्यक्षका रूपमा शिक्षा, स्वास्थ्य सेवा, वातावरण संरक्षण तथा लागुऔषध दुव्र्यसन नियन्त्रणका क्षेत्रमा प्रभावकारी सामाजिक अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्। क्लबका गतिविधिलाई समुदायसँग अझ नजिक जोड्दै सामाजिक उत्तरदायित्वलाई थप सशक्त बनाउने उनको योजना छ।
रौनियारले लायन्सको मूल आदर्श ‘हामी सेवा गर्छौं, गर्वका साथ अघि बढ्छौं’ भन्ने भावनालाई आत्मसात् गर्दै मानवीय सेवा र समाजहितका कार्यलाई निरन्तरता दिने बताएका छन्।