राहदानी सेवा केही दिन बन्द हुने, नयाँ प्रणाली लागू हुँदै

Breaking Nepal

शनिबार ,असार २० , २०८३ ०८:२३

काठमाडौं– राहदानी विभागले नयाँ विद्युतीय प्रणाली लागू गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। प्रणाली स्तरोन्नतिका लागि केही दिन राहदानी सेवा अस्थायी रूपमा बन्द गरिने भएको हो।

विभागका अनुसार जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा असार २४ देखि २६ गतेसम्म बन्द रहनेछ। यस्तै, राहदानी विभागबाट प्रत्यक्ष रूपमा प्रदान गरिने सेवा असार २५ र २६ गते उपलब्ध हुने छैन।

विभागले प्रणाली स्तरोन्नति सम्पन्न भएपछि नयाँ प्रणाली नियमित रूपमा सञ्चालनमा आउने जनाएको छ। सेवा अवरुद्ध हुने अवधिलाई ध्यानमा राख्दै आवश्यक काम समयमै सम्पन्न गर्न सेवाग्राहीलाई अनुरोध गरिएको छ।