काठमाडौंमा एकै दिन २ हजार सवारी चालक कारबाहीमा, २० लाख रुपैयाँभन्दा बढी राजस्व संकलन

Breaking Nepal

शनिबार ,असार २० , २०८३ १०:२०

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरीले एकै दिन सवारी नियम उल्लङ्घन गर्ने दुई हजार चालकलाई कारबाही गर्दै २० लाख ४ हजार १४ रुपैयाँ राजस्व संकलन गरेको छ।

ट्राफिक प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ६१, नियमविपरीत राइड सेयरिङ गर्ने १२९, ट्राफिक बत्ती उल्लङ्घन गर्ने ६१ र तीव्र गतिमा सवारी चलाउने ११३ जनामाथि कारबाही गरिएको छ।

यस्तै, लेन अनुशासन पालना नगर्ने १०७, निषेधित क्षेत्रमा हर्न बजाउने ८४, सडक पेटीमा सवारी पार्किङ गर्ने ९३, एकतर्फी सडकमा सवारी चलाउने ९६ तथा अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार २५६ जनालाई पनि कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनीकरण र सडक अनुशासन कायम गर्न उपत्यकाभर नियमित अनुगमन तथा कारबाहीलाई निरन्तरता दिएको जनाएको छ।