अन्तर्राष्ट्रिय बजारको प्रभावः सुन र चाँदी दुवैको मूल्य घट्यो

Breaking Nepal

सोमबार ,असार २९ , २०८३ १३:०३

काठमाडौं / नेपाली बजारमा साताको पहिलो कारोबार दिन सोमबार सुनको मूल्य उल्लेख्य रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँले घटेर २ लाख ८५ हजार २०० रुपैयाँमा कायम भएको छ।

यसअघि आइतबार छापावाल सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो। लगातार मूल्यमा आएको गिरावटसँगै सुनको बजार पुनः ओरालो प्रवृत्तिमा देखिएको छ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार सोमबार चाँदी प्रतितोला १०० रुपैयाँले सस्तिँदै ४ हजार ३७५ रुपैयाँमा कायम भएको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा समेत देखिने गरेको छ। सोही प्रभावका कारण पछिल्ला दिनमा सुन र चाँदीको मूल्यमा निरन्तर परिवर्तन भइरहेको व्यवसायीहरू बताउँछन्।