झापामा लुकाएर राखिएको ३९ क्विन्टलभन्दा बढी खर्बुजाको बीउ बरामद

Breaking Nepal

सोमबार ,असार २९ , २०८३ १४:१५

भद्रपुर– झापाको भद्रपुर नगरपालिका–३ ज्ञानेचोकस्थित एक घरबाट प्रहरीले करिब ३९ क्विन्टलभन्दा बढी परिमाणको खर्बुजाको बीउ बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको विशेष टोलीले आइतबार स्थानीय भीमलाल सुवेदीको घरमा छापामारी गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा तीन हजार ९२० किलोग्राम खर्बुजाको बीउ फेला पारेको हो।

प्रहरीका अनुसार बरामद गरिएको बीउ ९४ वटा बोरामा राखिएको थियो। बीउको स्रोत तथा वैधानिकता सम्बन्धी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

बरामद गरिएको खर्बुजाको बीउ आवश्यक कानुनी प्रक्रिया पूरा गर्न भद्रपुर भन्सार कार्यालय पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।