विवेक मण्डलका सन्तानको शिक्षाको जिम्मेवारी लिने गगन थापाको घोषणा

Breaking Nepal

मंगलबार ,असार ३० , २०८३ १०:४८

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएका सर्लाहीका विवेक मण्डलका सन्तानको शिक्षा–दीक्षामा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियाका ३५ वर्षीय मण्डलको उपचारका क्रममा बुधबार बिहान २ः४० बजे निधन भएको थियो। मण्डलको निधनप्रति दुःख व्यक्त गर्दै थापाले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै थापाले कठिन परिस्थितिमा आफू परिवारको साथमा रहेको उल्लेख गरेका छन्। उनले मण्डलका सन्तानको शिक्षा–दीक्षाका लागि आवश्यक सहयोग निरन्तर उपलब्ध गराउने प्रतिबद्धता परिवारलाई जानकारी गराइसकेको बताएका छन्।

थापाले मण्डलप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना पनि गरेका छन्।

आत्मदाह प्रयासपछि उपचाररत मण्डलको निधनसँगै घटनाले पुनः सामाजिक तथा राज्यका निकायप्रति जनउत्तरदायित्व र नागरिक सुरक्षाको विषयलाई बहसमा ल्याएको छ।