Breaking Nepal

काठमाडौं / काठमाडौंको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आगलागी भएको गाडीभित्रबाट एक जना पुरुषको शव फेला परेको छ।
प्रहरीका अनुसार बा५च ३०३८ नम्बरको गाडीमा आगलागी भएपछि घटनास्थलमा पुगेको टोलीले गाडीभित्रबाट पुरुषको शव निकालेको हो।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार शवको पहिचान खुल्न बाँकी रहेको छ भने घटनाबारे आवश्यक अनुसन्धान सुरु गरिएको छ।
प्रारम्भिक अनुसन्धानबाट आगलागी भएको गाडी नबिल बैंकको नाममा दर्ता रहेको खुलेको प्रहरीले जनाएको छ।
आगलागीको कारण, मृतकको पहिचान तथा घटनाको प्रकृतिबारे प्रहरीले विस्तृत अनुसन्धान अघि बढाएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।