सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा सुन २ लाख ९१ हजार ३०० रुपैयाँ

Breaking Nepal

बिहीबार ,साउन ७ , २०८३ १२:४१

काठमाडौं — नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। बुधबारको तुलनामा सुन प्रतितोला ३०० रुपैयाँ र चाँदी प्रतितोला २५ रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ५०५ रुपैयाँ पुगेको छ।

यसअघि बुधबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँ र चाँदी ४ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा पनि सुन र चाँदीको मूल्यमा उतारचढाव जारी रहेको महासङ्घले जनाएको छ।