Breaking Nepal

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बीमा ऐन, २०७९ तथा धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको मुद्दामा फरार रहेका मृगेन्द्रनाथ रिमाललाई पक्राउ गरेको छ।
सीआईबीका अनुसार नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डको जाहेरीका आधारमा अनुसन्धान भइरहेका रिमाललाई बिहीबार काठमाडौं महानगरपालिका–७ सिफल क्षेत्रबाट पक्राउ गरिएको हो।
पक्राउपछि रिमाललाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन काठमाडौं जिल्ला अदालत, बबरमहलमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।
यसै मुद्दामा दीपक भट्टसहित अन्य केही व्यक्तिविरुद्ध पनि बीमा तथा धितोपत्रसम्बन्धी कानुन उल्लंघन गरेको अभियोगमा अनुसन्धान र कानुनी प्रक्रिया जारी रहेको सीआईबीले जनाएको छ।