उच्च अदालतको आदेशपछि व्यवसायी अग्रवाल पुर्पक्षका लागि कारागार चलान

Breaking Nepal

बिहीबार ,साउन ७ , २०८३ १९:१२

काठमाडौं / उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा व्यवसायी शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

न्यायाधीश अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको संयुक्त इजलासले अनुसन्धान तथा मुद्दाको सुनुवाइ प्रक्रिया प्रभावित नहोस् भन्ने आधारमा अग्रवाललाई थुनामै राखेर मुद्दाको कारबाही अघि बढाउन आदेश दिएको हो ।

यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अग्रवाललाई नियन्त्रणमा लिएर अदालतमा उपस्थित गराएको थियो । त्यसपछि भएको थुनछेक बहसपछि अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको हो ।

अग्रवालविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दामा अनुसन्धान तथा न्यायिक प्रक्रिया अघि बढिरहेको छ । अदालतको पछिल्लो आदेशसँगै अब उनी मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म पुर्पक्षका क्रममा थुनामै रहनेछन् ।