आजको राशिफल : कसको दिन शुभ, कसले अपनाउने सावधानी ?

Breaking Nepal

शनिबार ,साउन ९ , २०८३ ०७:०७

काठमाडौं – आज २०८३ साल साउन ९ गते शनिबार (जुलाई २५, २०२६) हरिशयनी एकादशी तथा तुलसी रोप्ने पवित्र दिन हो।

वैदिक ज्योतिषअनुसार चन्द्रराशिका आधारमा आजको दिनका सम्भावित शुभ–अशुभ संकेत यसप्रकार छन्।

♈ मेष: दिन सामान्य रहनेछ। स्वास्थ्य, शिक्षा र खर्चतर्फ विशेष सावधानी अपनाउनुहोस्। अनुभवी व्यक्तिको सल्लाह लिएर अघि बढ्दा लाभ हुनेछ।

♉ वृष: व्यापारमा लाभ, आम्दानीमा वृद्धि र पारिवारिक साथ प्राप्त हुनेछ। प्रेम सम्बन्ध थप मजबुत बन्ने संकेत छ।

♊ मिथुन: मिठो बोलीले काम सफल हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ र परिवारभन्दा बाहिरका व्यक्तिबाट सहयोग मिल्ने सम्भावना छ।

♋ कर्कट: मन प्रसन्न रहनेछ। लगानी, रोजगारी, शिक्षा र स्वास्थ्यका क्षेत्रमा सकारात्मक परिणाम प्राप्त हुनेछ।

♌ सिंह: ठूलो लगानीबाट टाढा रहनु उचित हुनेछ। धार्मिक कार्य वा यात्राले मनोकामना पूरा हुन सहयोग गर्नेछ।

♍ कन्या: पारिवारिक मेलमिलाप बढ्नेछ। आम्दानीमा वृद्धि, हराउन लागेको सम्पत्ति फिर्ता हुने र वरिष्ठ व्यक्तिको साथ मिल्ने योग छ।

♎ तुला: साथीको साथ र मेहनतको प्रतिफल प्राप्त हुनेछ। खानपानमा लापरबाही गर्दा स्वास्थ्यमा असर पर्न सक्छ।

♏ वृश्चिक: शिक्षा, स्वास्थ्य र प्रतिष्ठाका हिसाबले दिन शुभ रहनेछ। परिवारलाई समय नदिँदा सामान्य मनमुटाव हुन सक्छ।

♐ धनु: दिन सामान्य रहनेछ। लामो उत्तरतर्फको यात्रा नगर्नु राम्रो हुनेछ। धार्मिक यात्राले राहत दिने संकेत छ।

♑ मकर: लगानी, व्यापार र शिक्षामा सफलता मिल्नेछ। आफन्तको सहयोग र प्रेम सम्बन्धमा मधुरता बढ्नेछ।

♒ कुम्भ: बोलीकै कारण महत्वपूर्ण काम बन्नेछ। शिक्षामा सफलता मिल्नेछ। अरूको काममा धेरै समय खर्च गर्दा आफ्नै समस्या बढ्न सक्छ।

♓ मीन: अनावश्यक खर्च र यात्रा हुन सक्ने सम्भावना छ। साथीको व्यवहारले निराश बनाउन सक्छ। परिवारको सल्लाह मानेर अघि बढ्दा दिन सहज रहनेछ।