Breaking Nepal

विराटनगर / विराट साहित्य सङ्गमले नियमित रूपमा सञ्चालन गर्दै आएको मासिक साहित्यिक शृङ्खलाको २३९औँ संस्करण शनिबार विराटनगरमा सम्पन्न गरेको छ । कार्यक्रममा २१३औँ भानुजयन्ती तथा साहित्यकार डा. नरेन्द्र चापागाईंको ८५औँ जन्मजयन्तीसमेत सिर्जना वाचनमार्फत मनाइएको थियो ।
सङ्गमका अध्यक्ष मधु पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एनपी आचार्य प्रमुख अतिथि तथा बलराम पोखरेल विशेष अतिथि थिए । कार्यक्रममा वरिष्ठ साहित्यकार, प्राध्यापक, कवि तथा साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रा. डा. मेदिनीप्रसाद शर्मा, प्रा. डा. मीनराज ढकाल, प्रा. डा. चक्रपाणि खनाल, प्रा. एकराज भट्टराई, भीमेन्द्रबहादुर कार्की, बासुदेव नेपाल, कुमार प्रधान, उमानाथ भट्टराई, शैलेन घिमिरे, कविता केशरी, भवानी पोखरेल, लोचन रिजाल, ऋषि तिवारी, भूपाल अधिकारी, केशव रिजाल, विकल्प कौशिक, सुशीला प्रसाईं, चन्द्रकान्ता भट्टराई, शम्भुप्रसाद भट्टराई, एल.पी. पराजुली, हरिप्रसाद बराल, भीम कोइराला, जमुना पौड्याल, नानुमैया दाहाल, कविता चापागाईं, नारायण दाहाल, मोहनसिंह लिम्बू, सञ्जय कर्ण, लक्ष्मी युग्मी, सरिता तुलाधर, डोमी कामत, गोविन्दप्रसाद झुनझुनवाला, रञ्जना भट्टराई, निर्मला नेपाल, गोविन्द भगत, उमेशकुमार भगत, सुमन पोखरेल, शान्ता कर्ण, गोपाल निर्भीकलगायतका स्रष्टाले कविता तथा साहित्यिक रचना वाचन गरेका थिए ।
कार्यक्रममा गोविन्दप्रसाद झुनझुनवालालाई विराट साहित्य सङ्गमको आजीवन सदस्यता प्रदान गरिएको थियो । त्यस्तै, सहभागीमध्ये गोलाप्रथाबाट छनोट भएका नारायण दाहाललाई ‘नगेन्द्रमणि–विन्ध्या न्यौपाने सहभागी प्रोत्साहन पुरस्कार’ तथा शैलेन घिमिरेलाई ‘निरज खतिवडा सहभागी प्रोत्साहन पुरस्कार’ प्रदान गरिएको आयोजकले जनाएको छ ।
साहित्यिक कार्यक्रममा सेमन्तमणि भट्टराई, बदमिया साह, अम्बिका खरेल, यशोदा भट्टराईलगायत साहित्यप्रेमीहरूको पनि बाक्लो सहभागिता रहेको थियो । आयोजकका अनुसार मासिक साहित्यिक शृङ्खलामार्फत सिर्जनशील प्रतिभालाई प्रोत्साहन गर्दै साहित्यिक गतिविधिलाई निरन्तरता दिइँदै आएको छ ।