Breaking Nepal

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५४ रुपैयाँ २३ पैसा कायम गरिएको छ।
युरो एकको खरिददर १७५ रुपैयाँ १५ पैसा तथा बिक्रीदर १७५ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ। यस्तै, बेलायती पाउन्ड स्टर्लिङको खरिददर २०५ रुपैयाँ ५६ पैसा र बिक्रीदर २०६ रुपैयाँ ३७ पैसा तथा स्विस फ्र्याङ्कको खरिददर १८९ रुपैयाँ १९ पैसा र बिक्रीदर १८९ रुपैयाँ ९३ पैसा तोकिएको छ।
राष्ट्र बैंकका अनुसार अष्ट्रेलियन डलरको बिक्रीदर १०७ रुपैयाँ २३ पैसा, क्यानेडियन डलर १०९ रुपैयाँ ५० पैसा र सिङ्गापुर डलर ११९ रुपैयाँ ३२ पैसा कायम गरिएको छ। त्यस्तै, चिनियाँ युआन एकको बिक्रीदर २२ रुपैयाँ ७५ पैसा, साउदी रियाल ४१ रुपैयाँ ०६ पैसा र कतारी रियाल ४२ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ।
त्यसैगरी, युएई दिराम, मलेसियन रिङ्गेट, थाइ भाट, स्विडिस क्रोनर, डेनिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार तथा ओमानी रियालको विनिमयदर पनि राष्ट्र बैंकले सार्वजनिक गरेको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने केही फरक हुन सक्ने उल्लेख गर्दै अद्यावधिक विवरण आफ्नो आधिकारिक वेबसाइटमार्फत उपलब्ध हुने जनाएको छ।