बेलबारीबाट ६१ ग्रामभन्दा बढी ब्राउन सुगर र ७२ हजारसहित एक जना पक्राउ

Breaking Nepal

बुधबार ,असार ३१ , २०८३ ०७:४६

विराटनगर / मोरङको बेलबारी नगरपालिका–४ बुधबारेबाट प्रहरीले ब्राउन सुगर र नगदसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बेलबारी–४ निवासी ३५ वर्षीय सुनील राई रहेका छन्। इलाका प्रहरी कार्यालय बेलबारीबाट इन्स्पेक्टर राजीव गिरीको नेतृत्वमा खटिएको प्रहरी टोलीले मंगलबार साँझ विशेष सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार शंकास्पद अवस्थामा रहेका राईको खानतलासी गर्दा उनको साथबाट ६१ ग्राम ९२० मिलिग्राम ब्राउन सुगर र रु. ७२ हजार नगद बरामद भएको छ।

पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखी लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा उनी ब्राउन सुगर कारोबारमा संलग्न रहेको आशंका गरिएको छ।