आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, अमेरिकी डलर १५४.४६ रुपैयाँमा बिक्री

Breaking Nepal

शुक्रबार ,साउन १ , २०८३ ०७:२८

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक दरअनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४६ पैसा कायम गरिएको छ।

युरो एकको खरिददर १७६ रुपैयाँ ४० पैसा र बिक्रीदर १७७ रुपैयाँ ०९ पैसा रहेको छ भने बेलायती पाउण्डको खरिददर २०७ रुपैयाँ ८० पैसा र बिक्रीदर २०८ रुपैयाँ ६१ पैसा तोकिएको छ। त्यसैगरी स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिंगापुर डलर, जापानी येन, चिनियाँ युआन, साउदी रियाल, कतारी रियाल, यूएई दिराम, मलेसियन रिङ्गेट, दक्षिण कोरियाली वन, स्वीडिस क्रोनर, डेनिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमानी रियाल तथा भारतीय रुपैयाँको विनिमयदर पनि सार्वजनिक गरिएको छ।

राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर फरक हुन सक्ने भएकाले अद्यावधिक विवरण राष्ट्र बैंकको वेबसाइटमा हेर्न सकिने उल्लेख गरिएको छ।