Breaking Nepal

काठमाडौँ । वीरगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा दुई खर्ब ४३ अर्ब ८२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ। यो वार्षिक लक्ष्यको ८९.१९ प्रतिशत रहेको कार्यालयले जनाएको छ।
सूचना अधिकारी उदयसिंह विष्टका अनुसार कार्यालयलाई गत आर्थिक वर्षमा दुई खर्ब ७३ अर्ब ३७ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य दिइएको थियो। भन्सार विभागले देशभरका भन्सार कार्यालयबाट कुल पाँच खर्ब ८८ अर्ब २५ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेकोमा वीरगञ्ज भन्सारको योगदान मात्रै ४१.४५ प्रतिशत रहेको छ।
कार्यालयले साउनमा १८ अर्ब ४४ करोड, भदौमा २० अर्ब ७४ करोड, असोजमा १९ अर्ब ९ करोड, कात्तिकमा १७ अर्ब ३३ करोड, मङ्सिरमा २० अर्ब ८० करोड, पुसमा २० अर्ब २० करोड, माघमा १८ अर्ब ९२ करोड, फागुनमा १९ अर्ब ३४ करोड, चैतमा २२ अर्ब ८२ करोड, वैशाखमा २१ अर्ब ७४ करोड, जेठमा २२ अर्ब ३२ करोड र असारमा २२ अर्ब ४ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ।
वीरगञ्ज भन्सार कार्यालय देशकै सबैभन्दा बढी राजस्व सङ्कलन गर्ने प्रमुख भन्सार कार्यालयमध्ये एक हो।