Breaking Nepal

काठमाडौं : नेपाली बजारमा साताको कारोबारको सुरुआतमै सुनचाँदीको मूल्य उकालो लागेको छ। अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा सुन प्रतितोला ६०० रुपैयाँ र चाँदी प्रतितोला ८० रुपैयाँले महँगिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ६०० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला ४ हजार ३२० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार २४० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा देखिएको उतारचढाव, अमेरिकी डलरको विनिमय दर तथा विश्व आर्थिक गतिविधिको प्रभावका कारण स्थानीय बजारमा पनि सुनचाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुने गरेको छ।