मन्त्रिपरिषद बैठक आज : नियमित एजेण्डासँगै सरकारी कार्यसम्पादन समीक्षा हुने

Breaking Nepal

मंगलबार ,जेष्ठ २६ , २०८३ ०८:२८

काठमाडौं / सरकारले आज मन्त्रिपरिषदको नियमित बैठक बोलाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११ बजे बस्ने बैठकमा मन्त्रालयगत नियमित एजेण्डामाथि छलफल हुने जनाइएको छ ।

बैठकमा विभिन्न मन्त्रालयबाट पेश भएका प्रस्ताव, नीतिगत विषय तथा प्रशासनिक निर्णयसम्बन्धी एजेण्डाहरूमा निर्णय लिने तयारी गरिएको छ । साथै सरकारका पछिल्ला गतिविधि, विकास आयोजनाको प्रगति तथा सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित विषयमा समेत समीक्षा हुने स्रोतले जनाएको छ ।

सरकारको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने, मन्त्रालयबीचको समन्वय सुदृढ गर्ने तथा समसामयिक विषयमा आवश्यक निर्णय गर्ने उद्देश्यसहित बैठक बस्न लागेको बताइएको छ ।

मन्त्रिपरिषद बैठकबाट केही महत्वपूर्ण नीतिगत निर्णय, नियुक्ति तथा प्रशासनिक प्रस्तावहरू अनुमोदन हुने सम्भावना समेत रहेको छ । बैठकका निर्णय सार्वजनिक भएपछि थप विवरण आउने अपेक्षा गरिएको छ ।