सांसद ओलीलाई आएको धम्कीबारे अनुसन्धान गर्ने गृहमन्त्री गुरुङको आश्वासन

Breaking Nepal

बुधबार ,जेष्ठ २७ , २०८३ १७:०९

काठमाडौंखुश्बु ओली ले प्रतिनिधिसभा बैठकमा आफूलाई ज्यान मार्ने धम्की आएको विषय उठाएपछि गृहमन्त्री सुधन गुरुङ ले घटनाबारे आवश्यक अनुसन्धान गरी कानुनी प्रक्रिया अगाडि बढाइने बताएका छन्।

प्रतिनिधिसभा बैठकका क्रममा विषय सार्वजनिक भएपछि गृहमन्त्री गुरुङले सांसद ओलीलाई भेटेर घटनाको गम्भीरतापूर्वक छानबिन गरिने आश्वासन दिएका हुन्।

उनले धम्कीसम्बन्धी घटनामा कानुनअनुसार आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइने बताउँदै त्यसका लागि औपचारिक प्रक्रियामा सहभागी हुन सांसद ओलीलाई आग्रह गरेका छन्।

सांसद ओलीले आफूलाई प्राप्त भएको ज्यान मार्ने धम्कीबारे संसद्मा ध्यानाकर्षण गराएपछि सुरक्षा र कानुनी पक्षबारे चासो व्यक्त गरिएको थियो। गृहमन्त्रीको आश्वासनसँगै उक्त घटनाको सत्यतथ्य पत्ता लगाउन सम्बन्धित निकायमार्फत आवश्यक प्रक्रिया अगाडि बढाइने जनाइएको छ।