Breaking Nepal

एक अनकण्टारको जंगल
व्वाँसाका समुहहरुको हालिमुहाली
हरेक समुहको अलगअलग भेडिगोठ
फरक हात्तीको देखाउने दाँत खाली
व्वाँसाहरुको तँछाड मछाड
गोठका भेडाहरुलाई मख्ख पार्न
भेडाका छाला ओढेर आफ्ना दाह्रा लुकाउन
अर्काको तान्न अनि आफ्नाको पलायन टार्न
ऊनको ऊन थपमा तरुवा भुटुवा व सेकुवा
आफ्ना गोठ भित्र आफ्नेै उपयोग तरिका
रजगज व्वांसाहरुकै हो भेडाका छालामा
म तिम्रै हो तिमी मेरै हो भ्रम परिपरिका
यही हो व्वांसाहरुको भेडिगोठ
जसका भेडाहरुले मृत्यु वरण गर्छन
तर भ्रम कायम रहन्छ भेडाहरुको
यही भ्रममा व्वांसाहरुको निमित्त मर्छन
विराटनगर १
२०८२।१०।२३