लुम्बिनी प्रादेशिक अस्पतालमा नयाँ व्यवस्था लागू, अब गम्भीर बिरामीले पाउनेछन् तुरुन्तै उपचार

Breaking Nepal

आइतबार ,असार १४ , २०८३ ११:२९

लुम्बिनी । बिरामीको बढ्दो चाप व्यवस्थापन गर्न लुम्बिनी प्रादेशिक अस्पतालले आकस्मिक कक्षमा ‘ट्र्याज प्रणाली’ लागू गरेको छ। अब बिरामीको उपचार पालोका आधारमा होइन, स्वास्थ्य अवस्थाको गम्भीरता हेरेर गरिनेछ।

अस्पतालका अनुसार दैनिक २,००० देखि २,५०० सेवाग्राही उपचारका लागि आउने गरेका छन्। नयाँ प्रणालीअन्तर्गत अत्यन्त गम्भीर बिरामीलाई रातो, मध्यम अवस्थाका बिरामीलाई पहेँलो र सामान्य अवस्थाका बिरामीलाई हरियो सङ्केतमा वर्गीकरण गरी सेवा प्रदान गरिनेछ।

अस्पताल प्रशासनले यो व्यवस्थाबाट गम्भीर बिरामीले समयमै उपचार पाउने, आकस्मिक कक्षको व्यवस्थापन प्रभावकारी हुने तथा उपचार ढिलो हुँदा हुने जोखिम कम हुने विश्वास व्यक्त गरेको छ।