खुसीको खबर! शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य बीमाअन्तर्गत ओपीडी सेवा फेरि सुरु हुने

Breaking Nepal

आइतबार ,असार १४ , २०८३ ११:३२

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतको ओपीडी (बहिरंग) सेवा पुनः सञ्चालन गर्ने भएको छ।

अस्पतालका अनुसार आगामी असार १५ गतेदेखि स्वास्थ्य बीमामार्फत ओपीडी सेवा फेरि सुरु हुनेछ। बीमा टिकट बिहान ७:०० देखि ११:०० बजेसम्म र दिउँसो १:०० देखि २:३० बजेसम्म बीमा टिकट काउन्टरबाट उपलब्ध हुनेछ।

बीमा बोर्डबाट दाबी भुक्तानी नआएको भन्दै अस्पतालले १ माघ २०८३ देखि स्वास्थ्य बीमाअन्तर्गतको सेवा स्थगित गरेको थियो। साढे पाँच महिनापछि बाँकी रकम भुक्तानी भएपछि अस्पतालले सेवा पुनः सञ्चालन गर्ने निर्णय गरेको हो।