Breaking Nepal

काठमाडौं / लगातार सात कारोबार दिन ओरालो लागेको सेयर बजारले बुधबार बलियो पुनरागमन गरेको छ। लगानीकर्ताको खरिदचाप बढेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४४.५९ अंकले उकालो लागेर २ हजार ६५२.०८ बिन्दुमा पुगेको छ।
बजार खुलेदेखि नै सकारात्मक लयमा देखिएको कारोबारमा अधिकांश समूहमा उत्साहजनक वृद्धि देखियो। परिसूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ। अघिल्लो कारोबार दिन ३ अर्ब २५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएकोमा बुधबार यो रकम बढेर ३ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ।
आज २५२ कम्पनीको सेयर मूल्य बढ्दा १७ कम्पनीको मूल्य घट्यो भने ६ कम्पनीको मूल्य स्थिर रह्यो। सबै १३ उपसमूह हरियालीमा रहे। उत्पादन तथा प्रशोधन, जलविद्युत् र व्यापार समूहले २ प्रतिशतभन्दा बढीको वृद्धि दर्ज गर्दै बजारलाई नेतृत्व गरेका छन्।
उपसमूहतर्फ बैंकिङ १.१४ प्रतिशत, विकास बैंक १.१५ प्रतिशत, फाइनान्स १.४९ प्रतिशत, होटल तथा पर्यटन १.६६ प्रतिशत, जलविद्युत् २.४२ प्रतिशत, लगानी १.६५ प्रतिशत, जीवन बीमा १.४८ प्रतिशत, उत्पादन तथा प्रशोधन २.३४ प्रतिशत, माइक्रोफाइनान्स १.११ प्रतिशत, निर्जीवन बीमा २.०३ प्रतिशत, अन्य १.७६ प्रतिशत तथा व्यापार समूह २.६० प्रतिशतले उकालो लागे।
व्यक्तिगत कम्पनीतर्फ हालै सूचीकृत स्नो रिभर्सको सेयर मूल्य १५ प्रतिशतले बढ्दै शीर्ष स्थानमा रह्यो। त्यसपछि सीवाईसी लघुवित्त १४.२२ प्रतिशत, भुजुङ हाइड्रोपावर १३.९० प्रतिशत, कुथेली बुखरी स्मल हाइड्रोपावर ९.७३ प्रतिशत, मिड सोलु हाइड्रोपावर ९.३७ प्रतिशत, सामुदायिक लघुवित्त ९.०५ प्रतिशत, याम्बलिङ हाइड्रोपावर ८.२५ प्रतिशत तथा रिलायन्स स्पिनिङ मिल्स ६.६२ प्रतिशतले बढे।
यता, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै ५.२१ प्रतिशतले घट्यो। धौलागिरि लघुवित्त ४ प्रतिशत तथा अपर स्याङ्गे हाइड्रोपावर ३.५५ प्रतिशतले ओरालो लागेका प्रमुख कम्पनीमा परे।
कारोबार रकमका आधारमा लक्ष्मी सनराइज बैंक, रिलायन्स स्पिनिङ मिल्स, आँखुखोला जलविद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर र राधि विद्युत् कम्पनी क्रमशः अग्रस्थानमा रहे।