विदेशी मुद्रामा उतारचढाव: डलर, युरो, पाउन्डसहित अन्य मुद्रोको नयाँ विनिमयदर कति ?

Breaking Nepal

बिहीबार ,असार २५ , २०८३ ०९:३१

काठमाडौं / नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार अमेरिकी डलरको भाउ १५३ रुपैयाँ नजिक पुगेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ६० पैसाबिक्रीदर १५३ रुपैयाँ २० पैसा कायम गरिएको छ ।

यस्तै, युरो १ को खरिददर १७४ रुपैयाँ ०७ पैसाबिक्रीदर १७४ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ । बेलायती पाउन्ड स्टर्लिङ १ को खरिददर २०३ रुपैयाँ ६५ पैसाबिक्रीदर २०४ रुपैयाँ ४५ पैसा तोकिएको छ । स्विस फ्र्यांक १ को खरिददर १८८ रुपैयाँ ८५ पैसाबिक्रीदर १८९ रुपैयाँ ५९ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।

अन्य प्रमुख मुद्रामा अस्ट्रेलियन डलर १ को खरिददर १०५ रुपैयाँ ६० पैसाबिक्रीदर १०६ रुपैयाँ ०१ पैसा, क्यानेडियन डलर १ को खरिददर १०७ रुपैयाँ ७८ पैसाबिक्रीदर १०८ रुपैयाँ २० पैसा, तथा सिंगापुर डलर १ को खरिददर ११७ रुपैयाँ ९२ पैसाबिक्रीदर ११८ रुपैयाँ ३९ पैसा निर्धारण गरिएको छ ।

एशियाली मुद्रातर्फ जापानी येन १० को खरिददर ९ रुपैयाँ ३९ पैसाबिक्रीदर ९ रुपैयाँ ४३ पैसा तोकिएको छ । चिनियाँ युआन १ को खरिददर २२ रुपैयाँ ४४ पैसाबिक्रीदर २२ रुपैयाँ ५३ पैसा कायम गरिएको छ ।

मध्यपूर्वी मुद्रामा साउदी रियाल १ को खरिददर ४० रुपैयाँ ६४ पैसाबिक्रीदर ४० रुपैयाँ ८० पैसा, कतारी रियाल १ को खरिददर ४१ रुपैयाँ ८६ पैसाबिक्रीदर ४२ रुपैयाँ ०२ पैसा, तथा यूएई दिराम १ को खरिददर ४१ रुपैयाँ ५५ पैसाबिक्रीदर ४१ रुपैयाँ ७१ पैसा निर्धारण गरिएको छ ।

यस्तै, मलेसियन रिंगेट १ को खरिददर ३७ रुपैयाँ ४३ पैसाबिक्रीदर ३७ रुपैयाँ ५८ पैसा, थाइ भाट १ को खरिददर ४ रुपैयाँ ५६ पैसाबिक्रीदर ४ रुपैयाँ ५८ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ११ पैसाबिक्रीदर १० रुपैयाँ १५ पैसा, स्विडिस क्रोनर १ को खरिददर १५ रुपैयाँ ७२ पैसाबिक्रीदर १५ रुपैयाँ ७९ पैसा, तथा डेनिस क्रोनर १ को खरिददर २३ रुपैयाँ २९ पैसाबिक्रीदर २३ रुपैयाँ ३८ पैसा तोकेको छ ।

त्यसैगरी, हङकङ डलर १ को खरिददर १९ रुपैयाँ ४७ पैसाबिक्रीदर १९ रुपैयाँ ५४ पैसा, कुवेती दिनार १ को खरिददर ४९५ रुपैयाँ ८६ पैसाबिक्रीदर ४९७ रुपैयाँ ८१ पैसा, बहराइन दिनार १ को खरिददर ४०४ रुपैयाँ ७२ पैसाबिक्रीदर ४०६ रुपैयाँ ३१ पैसा, तथा ओमानी रियाल १ को खरिददर ३९६ रुपैयाँ ३३ पैसाबिक्रीदर ३९७ रुपैयाँ ८९ पैसा कायम गरिएको छ ।

भारतीय रुपैयाँतर्फ भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँबिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।