Breaking Nepal

काठमाडौं – सर्लाहीको गोडैता नगरपालिकामा एक युवकले आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका छन्।
मधेश प्रदेश प्रहरीका डीआईजी ओम अधिकारीका अनुसार गोडैता नगरपालिका–३ का ३५ वर्षीय विवेक मण्डलले आफ्नै शरीरमा आगो लगाएका हुन्। घटनामा उनको शरीरको अधिकांश भाग जलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार उनी घरबाट करिब २०० मिटर टाढा पुगेपछि आफ्नै शरीरमा आगो लगाएका थिए। घटनाका बेला घरमा अन्य परिवारका सदस्य नभएको प्रारम्भिक जानकारी छ।
प्रारम्भिक अनुसन्धानमा घरायसी विवादपछि उनले यस्तो कदम चालेको खुलेको प्रहरीले जनाएको छ।
यस घटनाबारे अमरेशकुमार सिंह ले पनि सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। घाइते मण्डललाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।