Breaking Nepal

काठमाडौं / मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज (राजेश झा) जबरजस्ती करणी (बलात्कार) मुद्दामा दोषी ठहर भएका छन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले अहिराजलाई दोषी ठहर गरेको हो ।
अदालतले कसुर ठहर गरे पनि सजाय भने अझै निर्धारण गरेको छैन । सजाय निर्धारणका लागि आगामी साउन ३२ गते छुट्टै पेसी तोकिएको अदालतले जनाएको छ ।
सजाय निर्धारणपछि अदालतले प्रचलित कानुनअनुसार कैद तथा जरिवानासम्बन्धी अन्तिम फैसला सुनाउनेछ । हालका लागि अदालतले कसुर ठहर गर्ने निर्णय मात्रै गरेको हो ।
© 2026 Breaking Nepal. All Rights Reserved | Powered By: InDesign Media Pvt. Ltd.






