Breaking Nepal

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–१ डाँडागाउँमा घरको फलैँचाबाट लडेर एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय ३६ वर्षीय कुमार गुरुङ रहेका छन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार बिहीबार साँझ करिब ६ः३० बजे घरको सिमेन्टको फलैँचामा सुतिरहेका गुरुङ अचानक तल खसेका थिए।
लडेर गम्भीर घाइते भएका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।